८ वैशाख २०८१ शनिबार
राजनीति

संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छः सांसद पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रतिनिधिसभा सातौं अविधेवेशनले पारित गर्छ कि गर्दैन भनेर जनताले हेरेर बसेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद पण्डितले संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने पनि बताए।

प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले भने, संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुनेछ, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ।’

अगाडी उनले भने, 'एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन भन्यो भने यो पूर्वाग्रह भन्दा केही हुँदैन।’  

यस्तै, संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले सरकारलाई मात्र प्रश्न उठाएर हुँदैन।

प्रकाशित: २६ चैत्र २०७७ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App