coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ज्यू! मिथ्यांकमा होइन, तथ्यांकमा टेकेर बहस गरौँः गगन थापा

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले मुलुकमा भइरहेका पूर्वाधार निर्माणमा समस्या रहेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बाल्दै नेता थापाले प्रधानमन्त्रीले राष्ट्रिय गौरबका आयोजनाहरुलाई बिर्सेर हचुवाको भरमा शिलान्यासतर्फ मात्र ध्यान केन्द्रित गरेको आरोप लगाए।  

'हाम्रो प्रधानमन्त्रीलाई वास्तविकता थाहाँ नभए जस्तो देखिन्छ,' उनले भने, '२०७५ मा मेलम्चीको पानी आउँछ भनेपनि साढे २ वर्ष लागेको छ, अझ पनि चमत्कार भयो भनिरहनु भएको छ।'  

प्रधानमन्त्रीले राष्ट्रिय गौरबका आयोजनाहरुलाई वास्तै नगरी सन्चालनमा आइसकेको आयोजनाहरुको उद्घाटन गरेको भन्दै उनले आपत्ति जनाए। 'हाम्रो पूर्वाधार निर्माणमा समस्या छ, काम गर्ने निकायमा समस्या छ,' भनी आक्रोश पाख्दै उनले ओलीलाई तथ्यांक र योजनामा टेकेर मात्र कामको बारेमा बहरस गर्न आउन आग्रह गरे।

प्रकाशित: २६ चैत्र २०७७ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App