coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘प्रदेशको नामकरण हुन नसक्दा लाज भयो’

प्रदेश सांसद राजन राईले लामो समयसम्म प्रदेशको नामकरण हुन नसक्दा ‘लाजगाल’ भएको बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको तेस्रो जिल्ला सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश सांसद राईले अहिलेसम्म प्रदेशको नामकरणको विषय नटुंगिदा आफ्नै क्षमतामाथि प्रश्न उठिरहेको बताएका छन्।  

निर्वाचित जनप्रतिनिधिका रूपमा नागरिकले प्रदेशको नामकरणको विषयमा सोध्ने गरेको प्रदेश सांसद राईले बताए। ‘लाजगाल भइसक्यो। हामीलाई धेरै मान्छेले प्रश्न सोधिरहेका छन्। 

जनप्रतिनिधिको हिसाबले उहाँलेहरूले प्रश्न राख्नु सान्दर्भिक पनि हो,’ सांसद राईले भने, ‘प्रदेशको नामकरणको विषयलाई मैले अत्यन्तै गम्भीरताका उठाइरहेको छु। संसद्को बैठकमा आवाज उठाएको छु। मुख्यमन्त्रीलाई भनेको छु। सांसद भएको हिसावले सहयोग गर्छु भनेको छु।’

प्रकाशित: २५ चैत्र २०७७ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App