१६ चैत्र २०८० शुक्रबार
राजनीति

सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्।

‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।’ उनले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको बताइन्। रेग्मी माओवादी केन्द्रकोतर्फबाट कार्य व्यवस्था परामर्श समितिमा पनि थिए। अव कार्य व्यवस्था परामर्श समितिमा रेग्मीको ठाउँमा माओवादी केन्द्रले रातो कामीलाई पठाउने निर्णय गरेको छ।  

प्रदेश प्रमुखमाथि आक्रोश

माओवादी केन्द्रको संसदीय दलको बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको मर्म र भावनाविपरित कार्य गरिरहेको आरोप लगाएको छ। प्रमुख सचेतक नेपालीले नेकपा एमालेका १० जना सांसदहरूले गरेको हस्ताक्षरलाई आधार मानेर प्रदेश प्रमुखले पटक–पटक सरकारलाई दवाव दिइरहेको आरोप लगाइन्।  

दसजना सांसदको हस्ताक्षर परीक्षण नगरेरै सरकारमाथि दबाब बढाउन पटकपटक पत्राचार गर्नु प्रदेश प्रमुखको कार्यक्षेत्रभित्र पर्दैन,’ शनिबार बसेको दलको बैठकका निर्णय सुनाउँदै नेपालीले भनिन्।

प्रकाशित: २२ चैत्र २०७७ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App