८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी केन्द्रको संसदीय दलको नेतामा दाहाल, प्रमुख सचेतकमा देव गुरुङ

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन्। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार आज बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अगल बनाइदिएपछि माओवादीले दलको नेता र प्रमुख सचेतक चयन गरेको हो। यस्तै संसदीय दलको विधान संशोधनसमेत गर्ने निर्णय दलको बैठकले गरेको छ।

 

प्रकाशित: ३ चैत्र २०७७ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App