५ वैशाख २०८१ बुधबार
राजनीति

केपी ओली र माधव नेपाल पक्षको छलफल सकियो

तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

करिब चार महिनापछि भएको एमालेका दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीमा देखिएको विवाद समाधनका विषयमा वार्ता भएको बुझिएकाे छ। यद्यपि, भेटवार्तामा के भयो भन्ने सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका थिए।

छलफलमा ओली पक्षका तर्फबाट ओलीसहित नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित थिए। यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सहभागी थिए। बैठकमा झलनाथ खनाल भने उपस्थित थिएनन्।

एमाले विभाजनको संघारमा रहेका बेला भएको भेटलाई चासोका साथ हेरिएको छ।

यसअघि यी नेताहरुबीच कात्तिक तेस्रो सातातिर भेट भएको थियो।

प्रकाशित: २ चैत्र २०७७ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App