८ वैशाख २०८१ शनिबार
राजनीति

धनगढीमा ओली र माधव पक्षबीच झडप

ईन्चार्ज रावल कि भट्ट भन्नेमा बिवाद

क्याप्शन

सर्वोच्व अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीलाई व्युँताईदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने बिषयमा ओली पक्ष र माधव पक्षबीच  बिवाद उत्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नं ३ मा रहेको प्रदेश पार्टी कार्यालयमा बुधवार प्रदेश ईन्चार्ज रावल कि भट्ट भन्ने बिषयमा विवाद उत्पन्न भएर ओली पक्ष र माधव पक्ष कार्यकर्ताबीच झडप भएको छ ।

सर्वोच्वको फैसला पछि सवैतिर कार्यालयमा नेकपा एमाले लेखेको व्यानर,साईन वोर्ड झुण्ड्याउने क्रम चलेको छ । मंगलवार जिल्ला पार्टी कार्यालयमा दुवै पक्षको उपस्थितीमा नेकपा एमालेको वोर्ड लगाइएको थियो । भने सुदूरपश्चिममा ९ जिल्ला मध्य बुधवारसम्म ६ जिल्लामा नेकपा एमालेको वोर्ड लगाई सकिए पनि कतै विवाद भएको थिएन । बुधवार साढे ११ बजे प्रदेश कार्यालयमा नेकपा एमालेको वोर्ड राख्ने भन्दै ओली पक्षका कार्यकर्ताले पत्रकारलाई समेत खवर गरेका थिए । बिहानैदेखि सुरक्षाकर्मी कार्यालयको गेट बाहिर तैनाथ थिए । साढे १० बजे नै माधव पक्षका कार्यकर्ता प्रदेश पार्टी कार्यालय पुगेर नेकपा एमाले लेखेको वोर्ड लगाए । त्यसको केहि समयपछि एमालेका सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापाको नेतृत्वमा ओली पक्षका नेता तथा कार्यकर्ता प्रदेश कार्यालय पुगेका थिए । नेता थापालाई प्रहरीले कार्यालय भित्र जान रोक लगाएर १५ मिनेट गेट बाहिर नै रोकेको थियो । नेता थापाको नेतृत्वमा रहेका कार्यकर्ताले माधव पक्षका कार्यकर्ताले लगाएको वोर्ड हटाईदिए । प्रदेश कार्यालयमा राखिएको प्रदेश ईन्चार्ज भीम रावल र प्रदेश अध्यक्ष भानुभक्त जोशीको वोर्ड पनि हटाएर ईन्चार्जमा लेखराज भट्ट लेखेको वोर्ड र प्रदेश अध्यक्षमा कर्ण थापा लेखेको वोर्ड लगाए । त्यसपछि माधव पक्षका कार्यकर्ता छिरेर प्रदेश ईन्चार्ज लेखराज भट्ट लेखेको वार्ड हटाएपछि दुवै पक्ष बिच झडप भएको हो । झडपको संकेत पाएर वाक्लो रुपमा सुरक्षाकर्मी पार्टी कार्यालय परिसरमै उपस्थित थिए । वाक्लो सुरक्षाकर्मीको उपस्थिती रहेकाले दुवै पक्षका कोही पनि घाइते भएनन् । ४ वटा कुर्सी भाँचिएका छन । माधव पक्ष र ओली पक्ष दुवैले नारावाजी समेत गरेका थिए । माधव पक्षकाले भीम रावल जिन्दावाद भनेर नारा लगाएका थिए भने अ‍ोली पक्षकाले केपी ओली जिन्दावाद, लेखराज भट्ट जिन्दावाद भनेर नारा लगाएका थिए । झडप पछि माधव पक्षका कायकर्ता पार्टी कार्यालय छोडेर बाहिरिएका थिए । त्यस पछि नेता थापाले नेकपा एमालेको वोर्ड लगाएका थिए ।  

एमालेको तत्कालिन प्रदेश संयोजक रावल भएकाले पहिलेकै अवस्थामा फर्केको पार्टी एमालेको रावल नै ईन्चार्ज रहेको माधव पक्षको भनाई छ । नेकपा एमालेका नेता थापाले वार्ड टाँसेपछि आयोजित पत्रकार सम्मेलनमा एमालेको प्रदेश ईन्चार्ज लेखराज भट्ट नै भएको बताएका छन । पार्टी पुुरानै अवस्थामा फर्केपनि यो बिचमा फेरबदल भएका पद कायम रहने उनको भनाई छ । ‘पार्टीको ३० लाख रकम लगेर आर्थिक अपराध गरेकाले भीम रावललाई पार्टीवाट कारवाही गरिएको हो, नेकपा एमालेको ईन्चार्ज लेखराज भट्ट नै हुन, यसमा कोही भ्रम पर्नु जरुरी छैन ।’

पर्टी एकिकरण हुनु अघि नेपाली काग्रेसका शेरबहादुर देउवा , एमालेका रावल र माओवादी केन्द्रका भट्ट सुदूरपश्चिम प्रदेशका ३ शिर्ष नेताको रुपमा सवैले हर्ने गर्थे । पार्टी एकिकरण भएपछि नेकपाको भीम रावल प्रदेश ईन्चार्ज भए । रावल ईन्चार्ज भएपनि सुदूरपश्चिम प्रदेशको नेता रावल वा भट्ट को नेता हुने भन्ने प्रश्न कार्यकर्ता माझ पेचिलो बनेको थियो । प्रचण्डले एउटा कार्यक्रममा सुदूरपश्चिमको नेता रावल हो भनेपछि भट्ट झस्किए । भट्टको प्रचण्ड सँग पहिले देखि नै केहि बिषयमा बिमती भएपनि उनले प्रचण्डको साथ छोडेका थिएनन् । प्रधानमन्त्रीले प्रतिनिधी शभा बिघठन गरेपछि नेता भट्ट ओली पक्षमा उभिए । ओली र प्रचण्ड माधव पक्ष समुह बिच बिभाजन भएपछि ओली पक्षले रावललाई कारवाही गरेर भट्टलाई सुदूरपश्चिम ईन्चार्ज बनाए । सर्वोच्वको फैशलाले एमाले र माओवादी केन्द्र व्युँतिएपनि नेता भट्टले माओवादी केन्द्रमा फर्कने संभावना कम भएको बताएका छन । माओवादी केन्द्र छोडेर भट्ट ओलीलाई साथ दिदै एमालेमा आएमा सुदूरपश्चिम प्रदेशको ईन्चार्ज वा नेता रावल हुने कि भट्ट भन्ने पेचिलो प्रश्न उव्जेको छ । सुदूरपश्चिम प्रदेशको राजनिती नयाँ रुपमा तरंगित भएको छ । पार्टी एकिकरण हुन अघि सुदूरपश्चिम प्रदेशमा एमाले पार्टीमा भीम रावल प्रदेश संयोजक थिए भने कर्ण थापा सहसंयोजक थिए । भट्ट माओवादी केन्द्रका प्रदेश संयोजक थिए । सर्वोच्व अदालतले अढाई बर्ष अघि नेकपा एमाले र नेकपा(माओवादी केन्द) बिच एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई बदर गरिदिएको हो । सर्वोच्वको फैसला सँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता अघिकै अवस्थामा व्युतिएका हुन । 

प्रकाशित: २६ फाल्गुन २०७७ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App