१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रचण्ड-नेपाल समूहकाे निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने

फाइल तस्बिर।

साविकको नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले समूहले सर्वोच्च अदालतको फैसलालाई मान्ने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले राजनीतिक फैसला गरेपनि आफूहरु अलग अलग भएर जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार अब नेपाल समूह एमालेमै रहने भएको छ भने प्रचण्ड समूहले माओवादी केन्द्रबाट संघर्ष गर्ने भएको छ।

आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाको आधिकारिकतालाई खारेज गरिदिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७७ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App