८ वैशाख २०८१ शनिबार
राजनीति

एसिड आक्रमण गर्नेलाई झुण्ड्याउने कानून ल्याउनुपर्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानून संशोधन गरेर सार्वजनिक स्थलमा झुण्ड्याउने व्यवस्था गर्नुपर्ने बताएका छन। एसिड आक्राण गर्ने विरुद्ध कठोर कानूनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिक स्थलमा झुण्ड्याउने कानून ल्याउनुपर्ने जिकिर गरेका हुन।

एसिड आक्रमण पीडित धनुषाकी आरती साहलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार मधेस भवन जनकपुरधाममा दोसल्ला ओढाएर सम्मन गर्दै मुख्यमन्त्री राउतले भने,‘ महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीतिविरुद्धको कानूनलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्छ। महिला सशक्त र सुरक्षित भए मात्र प्रदेशको विकास सम्भव छ।’ उनले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। प्रदेशका छोरीहरुलाई शिक्षित अब्वल र सशक्त बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडी बढाएको बताउँदै मुख्यमन्त्री राउतले महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरितिविरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने बताए।  

प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ का १५ सय २० छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल प्रदान गरेका छन्। धनुषाको २७ विद्यालयका १ हजार ५ सय २० छात्राहरुलाई साइकल वितरण गरेको हो। छात्राहरुलाई साइकल दिँदै मुख्यमान्त्री राउतले प्रदेश सम्पूर्ण सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल उपलब्ध गराउने तयारी गरेको बताए।

‘सरकारले उपलब्ध गराएको साइकलले मात्रै महिला सशक्त हुँदैन,’ मुख्यमन्त्री राउतले भने,‘छात्रालाई साइकल वितरणले समाजिक रुपान्तरणको लागि सहयोग मिल्ने छ। साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, गर्नेछ। साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुडकिला भएको बताए।  

प्रदेश सरकारले यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई साइकल वितरण गरिसकेको छ। ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत यसवर्ष कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरुलाई साइकल वितरण गर्ने प्रदेश सरकारको तयारी छ।  

उपसभामुख उपमा देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा,  भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले महिला सशक्तिकरणबारे मनतव्य व्यक्त गरेका थिए।

 

प्रकाशित: २४ फाल्गुन २०७७ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App