१५ चैत्र २०८० बिहीबार
राजनीति

हामीले छोडेपछि प्रचण्ड धुलोपिठो हुन २० महिनै लागेन : विप्लव

फाइल तस्बिर।

नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले गलत बाटो लिएकाले आफूहरुले उनीहरुको साथ छोडेको बताएका छन्। सोमबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुको शिवगढीमा सम्बोधन गर्दै विप्लवले आफूहरुलाई पद नपाएकाले प्रचण्ड र भट्टराईको साथ छोडेको बताएपनि तर वास्तवमा त्यस्तो नभएको बताए।

‘प्रचण्ड र बाबुराम कमरेडहरुले गलत बाटो लिनुभयो। मन्त्रि हामी हुन सक्दैन थियौं। प्रचण्ड र बाबुरामको हामीले आलोचना नगर्दा हामीलाई पद, सुखसुविधा नपाएकाले आलोचना गरेको भनेर आरोप लगाए। होइन त्यो कुरा। जनताले न्याय पाएका छैनन्। हाम्रा सहिद परिवारले न्याय पाएका छैनन्,’ उनले भने।

उनले प्रचण्ड सिद्धिएको समेत दाबी गरे। आफूहरुले साथ छोडेपछि प्रचण्ड ‘धुलोपिठो’ भएको उनको जिकिर छ। ‘२० वर्ष प्रचण्डलाई कसैले हल्लाउन सक्दैन भन्थे नि, हामीले छाडेपछि प्रचण्ड धुलोपिठो हुन २० महिनै लागेन त। प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो त्यो कुरा साँचो हो नि, प्रचण्डले अपील गदौ लाखौं हाम्रा दिदीबहिनी सहिद हुन तयार थिए। हामी सबै तयार थियौं नि। सहिद परिवार छोड्ने, रगत दिने कमरेड छोड्ने, बेपत्ता हुने हाम्रा योद्धाहरुलाई बिर्सिने, किसान मजदुरका झुपडी छोड्ने अनि माधवजी नभएको भए त मकमान्डर लिएर हिँड्थे भन्ने। त्यो सिद्धिएको कुरा होइन?,’ उनले भने।

प्रकाशित: २४ फाल्गुन २०७७ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App