coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लव र रेखा थापाबीच भेट

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र अभिनेत्री रेखा थापाबीच भेट भएको छ। राप्रपा नेतृसमेत रहेकी थापाले खुला राजनीतिमा आएकोमा चन्दलाई शुभकामना दिएको बताइन्। 'व्यक्तिगत कुराकानी भए। उहाँलाई खुला राजनीतिमा आएकोमा शुभकामना दिए,' थापाले भनिन्, 'राष्ट्रियता र जनजीविकाका विषयमा सशक्त आवाज आवश्यक रहेको कुरा भए।'

सरकारसँग तीन बुँदे सहमति भएपछि चन्द सार्वजनिक भएका थिए। एकीकृत जनक्रान्ति गर्ने भन्दै भूमिगत भएका चन्दको पार्टी र सरकारबीच वार्ता भएसँगै तीन बुँदे सहमति भएको थियो।  

सार्वजनिक भएसँगै चन्दले राजनीतिक भेटघाटलाई तीब्रता दिइरहेका छन्।  

 

प्रकाशित: २४ फाल्गुन २०७७ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App