८ वैशाख २०८१ शनिबार
राजनीति

जब २ नम्बर प्रदेशका प्रदेश प्रमुख राजेश अहिराजले घाइतेको उद्धार गरे...

तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

प्रदेश–२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दुर्घटनामा घाइते भएका जाजरकोटका शेरबहादुर सिंहको उद्धार गरेर अस्पताल पुर्‍यााएका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई वीरेन्द्रनगरमा भेटेर फर्कने क्रममा शनिबार दिउँसो भेरीगंगा नगरपालिकाको हर्रे नजिकैबाट सिंहलाई उद्दार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍यााएका थिए।

कर्णाली प्रदेश ६०२००१ ख ०२५६ नम्वरको मिनीट्रक दिउँसो २ बजे हर्रे नजिकै विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर सडकदेखि १५ मिटर तल खसेको थियो। दुर्घटनामा ट्रक चालक ४६ वर्षीय जाजरकोटको बारेकोट गाउँपालिका–८ का सिंह घाइते भएका थिए।  

प्रदेश प्रमुख अहिराजले बाटोमा घाइते मानिस छटपटाएको देखेपछि गाडी रोकेर उद्धार गरिएको बताए। ‘गाडीको पर्खाईमा बाटोमा घाइते छटपटाएको देखेपछि उद्दार गरेर अस्पताल पुर्‍याएको हुँ,’ प्रदेश प्रमुख अहिराजले भने, ‘अभिभावक सम्पर्कमा आएपछि उहाँहरुको जिम्मा लगाएर अहिले सुदूरपश्चिम प्रदेशतर्फ लागेको छु।’  

दुर्घटना लगत्तै ट्राफिक प्रहरी सुरेन्द्र रेग्मी घटनास्थल पुगेका थिए। उनले घाइते मिटीट्रक चालक सिंहलाई उद्दार गरेर सडकसम्म ल्याएका थिए। 'त्यहीँ बेला प्रदेश प्रमुखको गाडी आइपुग्यो,’ ट्राफिक प्रहरी रेग्मीले भने, ‘प्रदेश प्रमुख आफैंले गाडीबाट ओर्लेर घाइतेलाई गाडीमा राख्नुभयो र उपचारका लागि कोहलपुर लिएर जानुभयो।’

प्रदेश प्रमुख अहिराजले जनताको करबाट किनिएको गाडी जनताका लागि प्रयोग गरेको बताए। प्रदेश प्रमुख अहिराज आफन्तहरु नआउँदासम्म कोहलपुर मेडिकल कलेजमै विरामी कुरेर कुरेर बसेका थिए। ‘घाइतेको अवस्थाका बारेमा चिकित्सकहरुसँग सल्लाह गरेँ, अभिभावक आएपछि जिम्मा लगाएर हिँडे,’ उनले भने।

केही दिनअघि प्रदेश प्रमुख अहिराजले पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर पथलैया सडक खण्डमा सवारी दुर्घटनामा परे.र घाइते भएका चार जनाको पनि उद्धारर गरेर अस्पताल पुर्‍याएका थिए।

प्रकाशित: २२ फाल्गुन २०७७ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App