coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माधव नेपालले ओलीलाई भने : धेरै फुर्ती नदेखाउनुहोस्, तपाईंका फुर्ती देखाउने दिन गए

फाइल तस्बिरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेतृत्व गरेको पार्टी आधिकारिक भएको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले नेकपा र सूर्य चिन्ह आफूहरुको भएको दाबी गरेका हुन्।

‘हिजो मात्र हामीले हाम्रो पार्टी आधिकारिक हो भनेर निर्वाचन आयोगमा दाबी गरेका छौं। त्यसो हुनाले अब कसैले यता कर्के आँखा नदेखाए हुन्छ,’ उनले भने, ‘आधिकारिक पार्टी यही हो, सूर्य चिन्ह यहीँ छ।’

उनले प्रतिगमनविरुद्धको पहिलो चरण हासिल गरेपनि अझैं संघर्ष गर्न बाँकी रहेको बताए। ‘प्रतिगमनका विरुद्धको सङघर्षले एक चरण सफलता हासिल गरेको छ। तर, अत्यन्तै गलत प्रवृत्ति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्काशित भइसकेपछि पनि, पार्टी सदस्यबाट हटिसकेता पनि अटेर भएर अझैपनि कुनै नैतिकता नराखेर सर्वोच्चको फैसला पश्चात पराजित भइसकेपछि पनि प्रधानमन्त्रीको पदमा बसेको देखेर सारा दुनियाँ जनता चकित छन्, कस्तो सन्तान नेपाली जनताले जन्माएछन् भनेर। त्यसो भएको हुनाले फेरि पनि हाम्रो संघर्ष जारी छ,’ नेपालले भने।

उनले सर्वोच्च अदालतको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली पराजित भइसकेकाले राजीनामा दिन आग्रह समेत गरे। ‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं, राजीनामा दिनुहोस्, नैतिकताको सानो अंश भएपनि देखाउनुहोस्,’ उनले भने, ‘नभए इतिहासमा तपाईं सधैं कलङ्कित मात्र हुनुहुनेछ। धेरै फुर्ती नदेखाउनुहोस्, तपाईंका फुर्ती देखाउने दिन गए।’

प्रकाशित: २२ फाल्गुन २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App