coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मैले प्रधानमन्त्री हुनै चाहेको छैन : देउवा

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन्। शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ नामक पुस्तकको विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका हुन्।

‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर म प्रधानमन्त्री हुने रेसमै छैन। मैले प्रधानमन्त्री हुनै चाहेको छैन,’ उनले भने, ‘मलाई प्रधानमन्त्री हुनु पनि छैन।’

संसद् पुनःस्थापनापछि अबको प्रधानमन्त्री देउवा हुने चर्चा चलिरहेका बेला उनले आफूलाई प्रधानमन्त्री बन्न चाहना नभएको बताएका हुन्।

अर्का प्रसंगमा देउवाले प्रतिनिधिसभा विघटनम्बन्धीको मुद्दा अदालतमा विचाराधीन भएका बेला कांग्रेस सडकमा प्रस्तुत नभएको पनि बताए। संसदीय व्यवस्थामा अदालतलाई ‘यो गर त्यो गर’ भन्न नहुने देउवाको भनाई छ।

संसद् पुनःस्थापनापछि व्यवहारिक रुपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह (प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधव नेपाल समूह) आफू नेतृत्वमा नयाँ सरकार बनाउन गृहकार्यमा जुटेका छन्। दुवै समूहको योजना कांग्रेसलाई विश्वासमा लिएर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने रहेको छ। तर, नेकपा औपचारिक रुपमा विभाजित नभएकाले कांग्रेस ‘पर्ख र हेर’ को रणनीतिमा छ। शुक्रबार मात्र पार्टी प्रमुख सचेतक बालकृष्ण खाँणले ‘कांग्रेसले उचित समयमा उचित निर्णय लिने’ बताएका थिए।

प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App