७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा नाम विवादको टुंगो भोलि

विवादमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नामको विषयमा सर्वोच्च अदालतले फागुन २३ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले सारिएको हो ।  

पूर्वप्रधानन्यायाधीशको निधनपछि शोकका कारण बिहीबार सर्वोच्चसहित देशभरका अदालतमा बिदा दिइएकाले आइतबारका लागि पेसी तोकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।  

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले कट्टेलको मुद्दामा नेकपा नामको विवादको टुंगो लगाउने भनेर फागुन १३ मा आदेश भएको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेकपा गठन भएको थियो । दुई पार्टीबीच २०७५ जेठ ३ गते पार्टी एकता भएपछि निर्वाचन आयोगले नेकपा दर्ता गरेको थियो । कट्टेलले आफ्नो दाबीसहित नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेकाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।  कट्टेलले २०७५ मंसिर २१ मा नेकपा आफूले दर्ता गरेको पार्टी भएकाले आफ्नै हुनुपर्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन् । 

रिट निवेदन दर्ता भएको तीन दिनपछि अर्थात मंसिर २४ मा सर्वोच्चले निर्वाचन आयोगलगायतलाई नामको विवादका विषयमा कारण सोधेको थियो । नेकपा ओली र दाहाल नेपालबीच विवाद भइरहेका बेला सर्वोच्चले फैसला सुनाउने भएको छ । त्यसपछि दुई पटक हेर्न नभ्याइनेमा र ६ पटक स्थगित भएको मुद्दामा सर्वोच्चले फागुन २३ मा निर्णय सुनाउने भएको हो ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App