५ वैशाख २०८१ बुधबार
राजनीति

जनमत संग्रहसम्म जाने कुरामा सरकारसँग छलफल भएको छ: नेता पुन

‘प्रगतिशिल सरकार मार्फत् देश नयाँ दिशामा जानुपर्छ’

नेकपा विप्लव पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन शुक्रवार रिहा भएका छन् । रिहालगत्तै जिल्ला अदालतको परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले बैज्ञानिक समाजवाद तर्फ अघि बढ्ने नयाँ कोर्समा देश प्रवेश गरेको बताएका छन् । अहिलेको व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवादमा जाने भन्ने बिषयमा जनमत संग्रहमा जाने सम्मको छलफल सरकार सँग भएको उनले बताएका छन् ।

‘अहिलेको दलालपुजिवाद संसदीय व्यवस्थाको सट्टा बैज्ञानिक समाजवादको ऐजेण्डा राजनीतिक बहस शुरुवात हुन्छ’ उनले भने,‘संयुक्त राष्ट्रिय प्रगतिशिल सरकार गठन गर्ने र आम राजनीतिक बहस मार्फत देश नयाँ दिशामा जाने भन्ने जो हाम्रो कुरा छ, अव त्यो शुरु भो ।’ यहि सरकारमा भने आफ्नो पार्टी सहभागी नहुने उनको भनाई छ । ‘यहि सरकारमा जाने भन्ने कुरा होईन, ०६२/०६३ सालपछि सात दलको समिकरण बनेको थियो, तेस्तो समिकरणसहित प्रगतिशिल सरकार बनेमा हामी जाने भन्ने हो ।’  शान्तीपुर्ण तरिकाले नै बैज्ञानिक समाजवाद सहितको नयाँ व्यवस्था ल्याउन सकिने उनले बताए ।‘बैज्ञानिक समाजवाद ठिक कि अहिलेकै व्यवस्था ठिक भन्ने बिषयमा बहस शुरु गर्ने र जनमत संग्रह सम्म जाने भन्ने हाम्रो कुरा हो, जनमत संग्रहमा जाने कुरामा सरकारसँग छलफल भएको छ’ उनले भने ।  

गत साउन २६ गतेदेखि धनगढी कारागारमा राखिएका पुनलाई हातहतियार सम्बन्धी मुद्धा लगाइएको थियो । सरकार र विप्लवबिच भएको ३ बुदे सहमती अनुसार उनी शुक्रवार रिहा भएका हुन । जिल्ला अदालत कैलालीमा ५० हजार धरौटी बुझाएर उनी रिहा भएका हुन । यसैगरि सेती महाकाली व्युरो सदस्य विवेक कुमाल पनि ५० हजार धरौटी बुझाएर रिहा भएका छन । रिहा भएपछि कार्यकर्ताहरुले जिल्ला अदालत परिसरमै फुलमाला लगाएर स्वागत गरेका थिए भने अदालतको गेटवाहिरवाट नारावाजी सहित र्‍याली निकालेका थिए । पार्कमोडमा पुगेर र्‍याली कोणशभामा बदलिएको थियो । र्‍यालीमा बैज्ञानिक समाजवादका पक्षमा नारा लगाएका थिए ।

प्रकाशित: २१ फाल्गुन २०७७ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App