७ वैशाख २०८१ शुक्रबार
राजनीति

हामी दुःख गरी खाने नेपालीको चाहना अझै पूरा भएको छैन : विप्लव

तस्बिरः मोनिका मल्ल/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको सपना पूरा नभएको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा विप्लवले दुःख गरेर खाने नेपालीको चाहना अझै पूरा नभएको बताएका हुन्।

‘आजसम्म धेरै इच्चा पूरा भए, तर सहिदका सपना पूरा भएको छैन। नेपालका जनताको चाहना पूरा भएको छैन, हामी दुःख गरी खाने नेपालीको चाहना पूरा भएको छैन,’ उनले भने,‘त्यसैले तपाईंहरुले हस्ताक्षर गर्दा यो कुरा सम्झेर गर्नुहोला।’

सहिदको सपना मर्न नदिने उनको दाबी छ।  

सम्बोधनका क्रममा उनले आफूहरुले सरकारसँग भएको सहमति इमान्दारितका साथ कार्यान्वयन गर्ने समेत बताए।

त्यसअघि सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हिजो भएको तीन बुँदे समहमति पत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७७ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App