७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

तस्बिरः माेनिका मल्ल/नागरिक

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सरकार र विप्लव समूहबीच भएका तीन बुँदे सहमतिः  

१. सरकार र नेपाल कम्युनिस्ट पार्टी दुबैले वार्ताबाट समस्याको समाधान गर्ने,

२. विप्लव समूहले शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने,

३. पक्राउ विप्लव समूहका कार्यकर्ता रिहा तथा सम्पूर्ण मुद्दा फिर्ता लिने।

सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७७ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App