८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

फाइल तस्बिर।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच सहमति भएपछि आगजनीलगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता शुक्रबार बास्तोला रिहा भएका हुन्।  

रिहा भएलगत्तै उनी काठमाडौं आएका छन्।

बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो। सहमतिपछि विप्लव नेतृत्वको नेकपामाथि २ वर्षअघि लगाएको प्रतिबन्ध हटिसकेको छ। प्रतिवन्ध हटेसँगै गृहमन्त्रालयले पक्राउ परेका विप्लव समूहका नेता–कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर जारी गरेको थियो।

प्रकाशित: २१ फाल्गुन २०७७ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App