८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले ओलीले भने : मलाई मधेस पस्न रोके हुन्छ, तर पानी चाहिँ नरोक्नू

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुख्खा जमिनलाई हराभरा र उर्बर बनाउने बताएका छन्। बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘केपी ओली मधेस विरोधी भन्दै मधेस पस्न नदिने भन्थे। तर केपी ओलीले मधेसको सुख्खा खेतमा पानी पसाइदिन्छ’, उनले भने, ‘मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्नू । तपाईंका सुख्खा खेतलाई चिसा बनाइदिन्छ केपी ओलीले।’

प्रधानमन्त्रीओलीले  कार्यक्रममा सहभागी प्रदेश २ का मुख्यमन्त्री लालबाबु  राउतलाई तराई–मधेसमा त्यो खबर लैजान आग्रहससेत गरे।  ‘केपी ओलीलाई  मधेसीमा पस्न नदिए हुन्छ। तर, पानी पस्न चाहिँ नरोक्नुहोला,’ उनले भने। 

प्रकाशित: २० फाल्गुन २०७७ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App