८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाली कांग्रेसले मात्र मुलुकलाई निकास दिन सक्छ : शेरबहादुर देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई  निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन्। रौतहटको गढीमाई नगरपालिका–६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधवार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकोले आवश्यक परे नेपाली कांग्रेसले निकास दिन तयार रहेको बताएका हुन्।  

सभापति देउवाले दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसकी संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामाथि ग्रहण नलगाई मुुलुकलाई कांग्रेसको आवश्यकता र भूमिका देखियो भने निकास दिन तयार रहेको स्पष्ट पारे।  

सत्ता संचालन कसरी गर्ने भन्ने विषयमा नेकपाभित्रको आन्तिरिक विवादको कारण सिंगो मुलुक नै अनिर्णयको बन्दी बनेको र नेकपाको आन्तरिक गुटबाजीले सम्पूर्ण देश नै राजनैतिक अस्थिरतातर्फ धकेलिएको बताउँदै सभापति देउवाले संघीय गणतन्त्रलाई जोगाउन  आवश्यक परेको खण्डमा सवै कुरा माथि विचार गरेर नेपाली कांग्रेस सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको बताए।

सनातन हिन्दु धर्मसहित सम्पूर्ण धर्म मान्ने समुदायको रक्षार्थ नेपाली काँग्रेस लागि परेको हुँदा नेपाललाई शान्ति एवं अहिंसाको मुलुक बनाउनेतर्फ आफ्नो भूमिका सधै सकारात्मक रहने पनि बताएका छन् ।  

पुर्व गृह राज्य मन्त्री तथा नेपाली कांग्रेस मकवानपुरको अध्यक्ष इन्द्र वानियाले धरमपुरबाट धर्मको यात्रा सुरु भएकोले धार्मिक स्वतन्त्रताको पक्षमा उचित सम्मान गर्दै नेपाली कांग्रेसले जनताको पक्षमा मुलुकको निकास दिन तयार रहेको बताएका छन् ।  

फागुन १९ गतेदेखि २९ गतेसम्म संचालन हुने विष्णु पुराण महायज्ञ मेलामा विभिन्न खेल तमाशा, रासलिला, रामलिला, सहितको विभिन्न झाकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरू आएको गढीमाई नगरपालिकाको मिमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिदै सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएर स्वागत गरेका छन् ।  

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तहका विभिन्न नेताहरुले मन्तव्य राख्दै वर्तमान सरकारप्रति आक्रोश पोखेका छन् ।  

प्रकाशित: १९ फाल्गुन २०७७ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App