६ चैत्र २०८० मंगलबार
राजनीति

आलमलाई छुटाउन पहल गर्दैछु : सभापति देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन्। गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए।  

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे। पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबु यादवलगायतले स्वागत गरेका थिए। महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ। रासस  

प्रकाशित: १९ फाल्गुन २०७७ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App