८ वैशाख २०७८ बुधबार
राजनीति

महेश बस्नेत, सूर्य थापा लगायतलाई पार्टीबाटै निष्कासन गर्ने प्रचण्ड–नेपाल पक्षको निर्णय

तस्बिरः विष्णु रिजालकाे ट्विटरबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ। बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको हो।

बैठकले सुवास नेम्वाङलाई दलको उप–नेताबाट हटाउने निर्णय समेत गरेको छ।

यस्तै, बैठकले विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, शान्ता चौधरी लगायतका नेताहरुलाई पार्टीबाटै हटाउने निर्णय गरेको छ। बैठकले गरेका निर्णय सुनाउँदै नेता वर्षमान पुनले ‘विशाल भट्टराई, निरु पाल, शान्ता चौधरीलगायतलाई पार्टीको नीतिविपरीतका कार्य गरेकाले पार्टीबाट निष्कासन गरिएको’ बताए।

त्यस्तै बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि पार्टीबाट हटाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?