१५ चैत्र २०८० बिहीबार
राजनीति

जनार्दन शर्माको प्रस्ताव : सचिवालय सदस्यबाहेकका सांसद बसेर साझा सुझाव तयार गरौं

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गरेका छन्। नेकपाका सचिवालय नेताहरुमा देखिएको असमझदारीका कारण पार्टी विभाजनमा गएका बेला नेता शर्माले बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत साझा सुझाव तयार गर्नका लागि छलफलमा बस्न आग्रह गरेका हुन्।

उनले पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुमा अपील गरेका छन्। उनले यस्तो छलफल कुनै पक्ष वा नेतृत्वको पक्ष–विपक्षमा नहुने समेत बताएका छन्।

‘सचिवालय सदस्यहरु बाहकका सांसदहरुले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महरि स्वतन्त्र रुपमा छलफलग गर्न माननीयहरुमा हार्दिक अपील गर्दछु। यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु। कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिनेछ,’ उनले लखेका छन्।

नेता शर्माले नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न तथा पदीय झगडाका रुपमा आ–आफ्ना बुझाइ रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना भइसकेको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको बताएा छन्।

नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल गरी ९ जना सदस्य रहेका छन्। नेता शर्माले यिनै ९ जना सचिवालय सदस्य बाहेकका सांसदहरुलाई छलफलको प्रस्ताव गरेका हुन्।

प्रकाशित: १९ फाल्गुन २०७७ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App