७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार र विप्लव समूहबीच बालुवाटारमा औपचारिक वार्ता सुरू

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा 'बादल' र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्माबीचको वार्ता भइरहेको बताइएको छ।

वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई छोड्ने सर्त राखेको स्रोतले जनाएको छ।

यसअघि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App