७ वैशाख २०८१ शुक्रबार
राजनीति

आराम कम गरेर भएपनि काम गरेका छौः प्रधानमन्त्री ओली

सोमबार पोखरामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः उमेश पुन÷नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विकासमा फड्को मारेको बताएका छन् । दुनियाँका धेरै देशले गर्न नसकेको प्रगति नेपालले गरेको पनि बताए ।  पोखरामा सोमबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामले थकाई कम मारेर छौ, आराम कम गरेर, कम सुतेर भएपनि काम गरेका छौ ।’

विगत ३ वर्षमा निकै नै उपलब्धी भएको उनले बताए । ‘हिजोमात्र संयुक्त राष्ट्रसंघले अब नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशीलमा स्तरोन्नती गर्नका लागि शिफारिस गरेको छ । विश्व शान्ति सुचकांकमा नेपालले धेरै प्रगति गरेको छ,’ ओलीले भने, ‘संयुक्त राष्ट्रसंघको आँकडा आएको छ । अनेक सुचकांकमा हामी अघि छौं । धेरै लक्ष्य छिटो पुरा गर्छाै ।’

उनले विकासका लागि चुप लागेर नबसेको पनि बताए । ‘हामी नयाँनयाँ क्षेत्रमा प्रवेश गरेका छौ । कृषिको आधुनिकीकरण गरेका छौ । विद्यालयमा कम्प्युटर, ल्यापटप बाड्ने र डिजिटल शिक्षा दिने तयारीमा छौ,’ उनले भने ।  देश विकासका गतिले लगातार अघि बढेको उनले बताए । ‘एकैदिन ३०९ वटा अस्पताल शिलान्यास गर्ने हामी नै हौ । ३९६ वटाको तयारी भएपनि केहीमा तयारी पुगेन,’ ओलीले भने, ‘८७ वटा पनि भोलिपल्टै शिलान्यास गरेका हौ । एकैदिन गरे झैं हो । यो तिब्रताका साथ काम भएको हो ।’

कोरोना विरुद्धको खोप लगातार ल्याउँने पनि उनले बताए । पिसिआर निशुल्क र खोपको काम भएको उनले बताए । ‘दुनियाँका थोरै देशले मात्र हामीले जस्तो कोेरोना विरुद्ध निशुल्क उपचार गरेका छन् । परिणाम धेरै राम्रो छ,’ उनले भने, ‘दुनियाँमा कोरोना नियन्त्रणमा सफलता हासिल गर्ने मुलुकमा हामी अग्रभागमा छौ ।’ उनले अब पनि खोपमा कमी नहुने बताए । ‘हामी गरिब छौ, तर, मनका धनी छौ । कोभिड विरुद्ध सफल हुने मुलुकमध्येमा हामी अगाडि छौ,’ उनले भने, ‘इगो, मोह, मेरो, मैले, मेरा लागि भनेर त्याग्ने हो भने बल्ल विकास हुन्छ ।’

प्रकाशित: १७ फाल्गुन २०७७ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App