८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सरकारमा दुई मन्त्री अझै थपिएन

सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले करिव दुई महिना हुँदा पनि मन्त्री थप गर्न सकेको छैन । नेकपा दुई समूहमा बिभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षीय दुई मन्त्री बाहिरिएपछि मन्त्रालय मन्त्री बिहिन बनेका हुन । प्रचण्ड माधव समूहमा मन्त्री बन्न आधा दर्जन भन्दा बढी प्रदेश सभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरु ओली पक्षतर्फ जाने संभावना रहेकाले मुख्यमन्त्रीलाई मन्त्री थप्न सकस भएको हो ।  

केपी ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए । भने आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले गत पुस २२ गते मन्त्रीपदवाट राजीनामा दिएका थिए । मुख्यमन्त्री भट्टले दुवै मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन ।  

मुख्यमन्त्री भट्ट र नेकपा प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्ज भीम रावलबीच मन्त्री नियुक्ति गर्नेबारे पटक–पटक छलफल भएपनि आकांक्षीलाई व्यवस्थापन गर्ने समस्या भएकाले मन्त्री थप हुन नसकेको प्रचण्डमाधव समुहका एक प्रदेश सभा सदस्यले बताएका छन । ‘तत्काल मन्त्री थप्दा आफ्नै समूहमा असन्तुष्टि बढ्नसक्ने र असन्तुष्टहरु अर्को समुहमा जान सक्ने संभावना भएकाले मन्त्री थप्न ढिलाइ भएको हो’ उनले भने । सुदूरपश्चिम प्रदेश शभा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल रावल, प्रदेश सभा सदस्य वीरभान चौधरी, पुर्णा जोशी, मानबहादुर धामी र पुर्व समाजिक विकास मन्त्री दिर्घ सोडारी लगायतका सासंदहरुले मन्त्रीमा दावी गरेका छन ।  

प्रदेश सरकार गठन हुँदा तत्कालीन माओवादीबाट मुख्यमन्त्री बन्ने चर्चामा वीरमान चौधरी थिए । त्यतिबेला लेखराज भट्टले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाए । मुख्यमन्त्री हुन बञ्चित भएका वीरमान कैलालीमा ओली समूहमा लागेका संघीय सरकारका मन्त्री गौरीशंकरको क्षेत्रबाट निर्वाचित हुन् । क्षेत्र नम्बर ३ पर्ने यो क्षेत्रमा पूर्वमाओवादीको ‘पकड’ छ । मन्त्री नवनाएमा चौधरी पनि ओली पक्षतिर जाने संभावनाले उनलाई व्यवस्थापन गर्नुपर्ने मुख्यमन्त्रीलाई दवाव छ । यसैगरि सुदूरपश्चिम भरी १६ निर्वाचन क्षेत्रमध्य ६ निर्वाचन क्षेत्र रहेको कंचनपुरवाट एक जना पनि मन्त्री नभएकाले तारालामा तामाङलाई मन्त्री बनाउनु पर्ने दवाव छ । भने प्रभावशाली नेता भीमरावलको निर्वाचन क्षेत्रका झपट वोहरा ओली पक्षतर्फ लागेर मन्त्रीवाट राजिनामा दिएकाले अछामवाटै निर्वाचित अक्कल रावलको दावी पनि वलियो बनेको छ । आचरण विपरित काम गरेको भन्दै पार्टीले सधारण सदस्यवाट समेत कारवाही गरेको र मुख्यमन्त्रीले बर्खास्त गरेका पुर्व समाजिक बिकास मन्त्री दिर्घ सोडारी पनि पार्टी दुई समूहमा बिभाजन पछि मन्त्री पदका लागि लविङमा छन । पार्टी दुई समूहमा बिभाजन भएसँगै नेकपा प्रचण्ड माधव समूहले पार्टीबाट गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेर उनलाई कैलालीको जिल्ला अध्यक्ष बनाएको छ ।  

संवैधानिक रुपमा मन्त्री हेरफेर गर्ने, मन्त्रीलाई पदमुक्त गर्ने र थप्ने अधिकार मुख्यमन्त्रीलाई हुने गर्छ । मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री थप गर्ने बिषयमा छलफल भैरहेको र मुख्यमन्त्रीले  छिट्टै मन्त्री नियुक्त बताएका छन । मन्त्रीको आकांक्षी देखिएका ६ जनालाई नै व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर प्रचण्ड माधव पक्ष छलफलमा लागेको छ।  

दुई महिना सम्म मन्त्री बनाउन नसकेर जनताको काम प्रभावित भएको ओली पक्षका नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य रतन थापा बताउँ छन् । असन्तुष्ट सासंद आफूतिर आउने डरले नै अहिले सम्म काम प्रभावित हुदाँ पनि मन्त्री नियुक्त नगरेको उनको भनाई छ ।   ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा तत्कालिन एमालेबाट २५, तत्कालिन माओवादीवाट १४ गरि नेकपावाट ३९, नेपाली काग्रेसबाट १२ र राजपाबाट २ जना  सासंद छन । ३९ जना मध्य ८ जना ओली पक्षमा खुलेका छन ।  

दुई मन्त्रालय लामो समयदेखि मन्त्रीविहिन हुँदा बजेट कार्यान्वयन तथा बिकास निर्माणका काम प्रभावित भएका छन । भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बजेट र योजना छन् । विभागीय मन्त्री नहुँदा योजना कार्यान्वयन र अनुगमन प्रभावित भएको छ । भने आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्रीविहिन हुँदा आगामी वर्षको बजेट निर्माण पनि प्रभावित हुने देखिएको पुर्व आर्थिक मामिला तथा योजना  मन्त्री वोहराले बताए । चालु कार्यक्रमको समीक्षासँगै आगामी बजेट आकारको अनुमान, पूर्वबजेट छलफल लगायतको तयारी फागुनवाटै गुर्नपर्नेमा हुन सकेको छैन । ‘नयाँ बजेटको तयारीमा लाग्ने वेला मन्त्रालय मन्त्रीविहिन छ’उनले भने,‘बजेट खर्च न्युन छ, चालु बजेटको अख्तियारी पनि टुंगिएको छैन।’

प्रकाशित: १६ फाल्गुन २०७७ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App