७ वैशाख २०७८ मंगलबार
राजनीति

रघुजी पन्तविरुद्ध अदालत जान्छु, निच सोच भएकालाई समाजमा कुनै ठाउँ छैन : कोमल ओली

फाइल तस्बिर।

राष्ट्रिय सभा सांसद कोमल ओलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले दिएको अभिव्यक्तिविरुद्ध अदालतमा जाने तयारी गरेकी छन्। नेतृ ओलीले आफूविरुद्ध पन्तले अपमानजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालत जाने तयारी गरेकी हुन्।

‘म त अहिले दाङमा छु, हिजो उहाँ(पन्त)को अभिव्यक्ति आएपछि अहिले यहाँका साथीभाइ, वकिलहरुसँग परामर्श गरिरहेकी छु,’ उनले नागरिकसँग भनिन्,‘म यहाँ(दाङ) ८–१० दिनका लागि आएकी थिएँ, अब पर्सी नै काठमाठौं फर्किदै छु। काठमाडौं पुगेपछि मेरा नेताहरुसँग परामर्श गर्नुपर्ला। मैले चाहिँ अदालत नै जानुपर्छ भन्ने साचेकी छु।’

केपी ओली समूहकी नेतृ समेत रहेकी ओलीले निच सोच लिएर पन्तले नेपाली समाजमा राजनीति गर्न नसक्ने समेत दाबी गरेकी छन्। उनले एक खुलापत्रमार्फत दरिद्र मानसिकता भएको व्यक्तिलाई अब नेपाली समाजमा कुनै ठाउँ नरहेको बताएकी छन्। ‘पन्तजी, अब हाम्रो भेट प्रहरी कार्यालय र अदालतमा हुनेछ,’ उनले पत्रमा लेखेकी छन्,‘यस्तो निच सोच लिएर नेपाली समाजमा राजनीति गरिरहन्छु भन्ने सोच अब तपाईं त्याग्नुहोस्, तपाईंजस्तो दरिद्र मानसिकता भएकालाई अब नेपाली समाजमा कुनै स्पेस छैन।’

नेता पन्तले शनिबार पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य पद नपाएको तर वलीले दुबै पद पाएको अभिव्यक्ति दिएका थिए।  

प्रकाशित: १६ फाल्गुन २०७७ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?