७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन हुँदैनः लालबाबु पण्डित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन नहुने बताएका छन्। नेता पण्डितले बहुमत प्राप्त पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाँदा जनमतको अपमान हुने बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाइृहरु व्यक्त गरेका हुन्।

यस्तै, उनले वर्तमान परिस्थीमा नेकपा कठिन भएपनि एकताको सम्भावना समाप्त नभएको बताएका छन्। साथै नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएको अवस्था आएमा आफू सदैव यसको विरोधामा उत्रने जिकिर पनि उजले गरे।  

नेता पण्डितले लेखेका छन्, 'नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान हुदैन। यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।'

नेकपामा दुई खेमा देखिए पनि हालसम्म नेता पण्ठित भने कुनै पक्षमा लागेका छैनन्।

प्रकाशित: १३ फाल्गुन २०७७ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App