७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वमन्त्री पाण्डेलाई ‘ग्राण्ड कर्डन अफ दी राइजिङ सन’ सम्मान

जापान सरकारद्वारा प्रदान गरिएको प्रतिष्ठापूर्ण सम्मान ‘ग्राण्ड कर्डन अफ दी राइजिङ सन’ बुधबार काठमाडौंमा आयोजित भर्चुअल विशेष समारोहमा जापानी राजदूत साइगो मासामिचीले पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई हस्तान्तरण गरे । 

समारोहमा बोल्दै राजदूत मासामिचीले नेपाल, चीन र जापानको सयुक्त टोलीले गरेको सगरमाथाको सफल आरोहणमा पाण्डेको भूमिका महत्वपूर्ण रहेको भन्दै स्मरण गरे । कार्यक्रममा बोल्दै पूर्व मन्त्री पाण्डेले २१ औं शताब्दी एसियाको भएको र यसको प्रमुख घटक जापानसँगको पत्यारिलो सम्बन्धलाई नेपालले विशेष महत्व दिएको बताए ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App