८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाललाई लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले पुष्पकमल दाहाललाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर वा प्रतिनिधि पठाएर लिखित जवाफ पेश गर्न बुधबार आदेश गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले १५ दिनभित्र दाहाललाई स्वयम आफैं अर्थात् प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई भने अनिवार्य आफै उपस्थित भै लिखित जवाफ पेश गर्न आदेश गरेको थियो। दाहाललाई भने प्रतिनिधिमार्फत पनि लिखित जवाफ पेश गर्न पाउने आदेश गरेको हो।  

नेकपा दाहाल नेपाल समुहको भृकुटीमण्डपमा भएको सार्वजनिक कार्यक्रममा विचाराधीन मुद्दामा बोलेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता शुक्रराज आरणसमेतले फागुन ५ मा सर्वोच्चमा अवहेलना निवेदन दर्ता गरेका थिए। सर्वोच्चले आफूहरूको पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं भन्दै दाहालले आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App