coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वाेच्चको फैसला स्वागत गर्दै प्रचण्ड–नेपाल समुहले भन्योः ओलीले क्षमा माग्नुपर्छ

संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपा कास्कीले बुधबार पोखरामा निकालेको ¥याली । तस्बिर ः उमेश पुन÷नागरिक

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना फैसलाको स्वागतार्थ पोखरामा ¥याली निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–समूहले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बुधबार पोखरामा ¥याली निकालेको हो । पोखराको पृथ्वीचोकबाट शुरु भएको ¥याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगामी कदम सच्चिएको बताए । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी थियो, देशको हितविपरित थियो,’ उनले भने,‘सर्वोच्चको निर्णयले प्रतिगमन सच्चियो, संविधान ट्रयाकमा आयो ।’

नेता गुरुङले सर्वोच्चले संसद विघटन गर्ने कदम बदर गर्दै संसद पुर्नस्थापना गर्ने फैसला ऐतिहासिक सुनौलो दिनको रुपमा अंकित हुने बताए । उनले अब लोकतन्त्रलाई संस्थागत गर्न एक ढिक्का भएर जानुपर्नेमा जोड दिए । नेता गुरुङले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेका छन् ।  

‘तपाईंले प्रतिगमन गर्नुभयो,’ उनले भने, ‘जुन देश र जनताको हितमा थिएन, त्यसलाई सर्वोच्चले सच्याइसकेको छ, अब प्रधानमन्त्री ओलीले पनि आफूले गरेको गल्तीप्रति आत्मआलोचना गर्दै क्षमा माग्नुस्, सच्चिनुस् ।’ उनले नैतिकता भए प्रधानमन्त्री ओलीलाई राजिनामा दिन सुझाव दिए ।  

‘राजिनामा नदिएर फेरिपनि सत्ता टिकाउन अर्को प्रतिगामी कदम चाल्ने दुस्साहस गरेमा आन्दोलनको ज्वारभाटा ल्याएर बढार्छौं,’ उनले भने । उनले अब पनि सेना र प्रहरीको आडमा कदम चाले जनताले नसहने र सेना प्रहरी पनि ओली बिरुद्ध उभिने भन्दै अगाडि थपे, ‘प्रतिगमन सच्चिएको विरोधमा प्रधानमन्त्री ओलीले आन्दोलन गरेमा त्यो महाभूल हुनेछ, त्यसलाई जनताले सहँदैन, सेना, प्रहरीले पनि साथ दिदैन ।’

नेकपा कास्की ईञ्चार्ज राजकाजी गुरुङले ओलीको प्रतिगामी कदम सच्याएर सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गरेको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिए । उनले संविधान र कानु विपरित जाने जो कोहि पनि नटिक्ने सर्वोच्चको फैसलाले सन्देश दिएको बताए ।

वाम बुद्धिजिवी सुरेन्द्र थापा मगरले संविधानको कुनैपनि धाराले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएकाले प्रतिगमन सच्चिएको बताए । उनले पदमा आसिन व्यक्तिले अहंकार पाल्दा सर्वनाश हुन्छ भन्ने सन्देश सर्वोच्चको फैसलाले दिएको बताए ।नेकपा कास्की सचिव बखानसिंह तमुले प्रतिगामी कदम सच्याएकोमा सर्वोच्चलाई धन्यवाद दिदै आन्दोलन गर्न सघाउने सबैमा आभार व्यक्त गरे ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App