७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद पुन:स्थापना गरेर सर्वोच्चले संविधानको रक्षा गर्‍यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मत विपरित प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला सुनाएसँगै थापाले मंगलबार यस्तो टिप्पणी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको सामाजिक सञ्जालमा लेखेका छन्। ‘अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ,’ थापाले भनेका छन्। गगन थापाले हामी सवैलाई बधाई भन्दै सर्वोच्चको ऐतिहासिक कदमलाई स्वागत गरेका छन्।

 

 

प्रकाशित: ११ फाल्गुन २०७७ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App