७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश २ का प्रमुख झाको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर

झा भन्छन् : शिरमा देश मनमा मधेस

कार्यकक्षमा प्रदेश प्रमुख झा

प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) ले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्। राष्ट्रिय एकताको प्रतीकको रुपमा शाह भएको भन्दै उनले कार्यभार सम्हाल्ने क्रममा उनको तस्बिर कार्यकक्षमा राखेका हुन्।  

झाले शिरमा देश मनमा मधेस राखेर काम गर्ने बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पृथ्वीनारायण शाहको तस्बिर आफ्नो कार्यालयमा राखेका हुन्। राष्ट्र निर्माणमा जसको भूमिका छ उनलाई साक्षी राखेर प्रदेशमा काम सुरु गरेको उनले बताए।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन्।

 

 

प्रकाशित: ११ फाल्गुन २०७७ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App