coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस नेता रिजाल भन्छन् : पहिले संविधानलाई 'ट्रयाक' मा ल्याउँ

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संविधानलाई 'ट्रयाक' मा ल्याएर मात्र निर्वाचनमा जानु पर्ने बताएका छन्। काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र अवसर: कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा नेता रिजालले देश चुनावमा गइसके पनि जुनसुकै बाटोबाट चुनावमा जाँदा संविधानलाई अप्ठ्यारो पर्ने बताए। 'देश चुनावमा गइसक्यो तर संविधानलाई ट्रयाकमा नल्याइ चुनावमा जाँदा अप्ठ्यारो आउँछ। महत्वकांक्षाहरु पलाउँछन्,' उनले भने, 'संविधान विपरित कोही जानु हुँदैन।'

प्रतिनिधिसभा विघटन नेकपा भित्रको आन्तरिक विवादका कारण भएको उनले बताए। कांग्रेस भित्र पनि सभापतिले चुनाव भन्ने र वरिष्ठ नेताले संसद पुनर्स्थापना भन्ने अवस्था आएको बताउँदै उनले पहिले संविधानलाई ठिक बाटोमा ल्याएपछि सबै कुरा समाधान हुनेमा जोड दिए।

संसद पुन:स्थापना हुनुपर्ने बताउँदै उनले त्यसपछिको ६ महिनामा चुनावी सरकार बनाउनु पर्नेमा जोड दिए।

विभिन्न सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे आफ्नो पक्षमा निर्णय नआए भने भन्नु नै अधिनायकवाद भएको रिजालको भनाई छ। कम्युनिस्टले देशका लागि केही गर्छ भनेर कांग्रेसले नसोचे हुने उनले बताए। खिलराज रेग्मी सरकार बन्ने बेलमा पनि राजनीति प्रदुषित भएको बताउँदै उनले त्यो प्रदुषणको आश अहिले पनि देखिएकोमा चिन्ता व्यक्त गरे।

 

 

 

प्रकाशित: १० फाल्गुन २०७७ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App