coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओली पुस्तालाई विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ : मिलन पाण्डे

फाइल तस्बिर।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देश, संविधान र लोकतत्रको भलाईका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर जनतासँग माफी माग्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियामा संयोजक पाण्डेले युवा पुस्तालाई चिढाएर प्रधानमन्त्री ओलीले गल्ती गरेको बताए।

‘देशमा २४ वर्षमुनि आधा जनसंख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ। त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने,‘देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ। अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ।’

काम चलाऊ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेर बदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको उनकाे भनाई छ।

प्रकाशित: १० फाल्गुन २०७७ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App