१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्री, राष्ट्रपति हुन हतारिनेले विवाद निकाले : मन्त्री रायमाझी

उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधामन्त्री, राष्ट्रिपति, पार्टी अध्यक्ष हुन हतारिएकाहरुले पार्टीमा विवाद झिकेको बताएका छन्। प्रधानमन्त्री, राष्ट्रपति हुन अर्को चुनाव र पार्टी अध्यक्ष हुन महाधिवेशन पखर्न नसक्नेहरुले पार्टीमा समस्या झिकेको उनको अरोप रहेको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको सभामा बोल्दै रायमाझीले यस्तो बताएका हुन्।

ओली समूहका स्थायी कमिटी सदस्य समेत रहेका रायमाझीले धर्यता नगरी तुरुन्ता तुरुन्तै सबथोक चाईनेहरु बाहिरीएको उनको भनाई थियो। ‘प्रथम अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमामात्र  सूर्य चुनाव चिन्ह रहेको छ। पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लडेका छैन्। बरु उहाँले हँसिया हतौडा चुनाव चिन्ह माग्न सुहाउँछ’ रायमाझीले भने ‘सूर्य चिन्हबाट चुनाव लड्ने हो भने केपी ओलीले टिकट दिनु पर्छ।’

‘सहमतिबाट केपीलाई पार्टी अध्यक्ष, प्रधानमन्त्रीलाई ढाल्न सकिदैन भनेर चोरबाटो गएर उहाँहरुले एकता भाड्नु भयो’ रायमामाझीले थपे ‘उहाँहरुले केपी ओली विरुद्ध तरबार चलाउन खोज्नु भयो। तर ओलीले यसो खुट्टा चलाएका थिए, उहाँहरु सडकमा पछारीनु भयो। यसरी सडकमा पुगिन्छ भन्ने बुझेको भए उहाँहरुले यो हर्कत गर्नु हुन्न थियो।’

रायमाझीले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे। उनले चुनावमा आउन नेपाली कांग्रेस लगायतका पार्टीलाई आव्हान समेत गरे। प्रचण्ड माधव समूहलाई हिजोको गल्तीमा पश्चाताव गरेर फर्किन आव्हान समेत गरे।  

सभालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देश समृद्धिको बाटोमा हिडिरहेको केपी ओलीलाई हटाउने योजना बनाउने काम भएपनि सफल हुन नसकेको बताए।  अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उनले जिल्लाबासीलाई आग्रह समेत गरे। सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्बाङले केप ओलीलाई  काम गर्न नदिने प्रचण्ड–माधवहरु आफै असफल भएको दाबि गरे।  

 

 

प्रकाशित: ७ फाल्गुन २०७७ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App