coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारीमा लागेका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले केन्द्रीय सदस्यहरुको बहुमत आफ्नै साथमा रहेको देखाउन नेताहरु आयोग जान लागेका हुन्।

त्यसअघि सबै केन्द्रीय कमिटी सदस्यहरुलाई पेरिसडाँडामा जम्मा हुन आग्रह पनि प्रचण्ड-नेपाल समूहले गरेको बताइएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै अनौपचारिक रुपमा अलग भएको प्रचण्ड-नेपाल समूहले नेकपा र सूर्य चिन्हको दाबी पेश गर्दै आएको छ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App