८ वैशाख २०८१ शनिबार
राजनीति

अदालतलाई यसो गर र उसो गर भन्न मिल्दैन : देउवा

पोखरामा विहीबार बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिरः उमेश पुन/नागरिक

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको निणर्यबारे सर्वोच्च अदालतलाई दवाव दिन नमिल्ने बताएका छन् । उनले अदालतलाई यसो र उसो गर भन्न नमिल्ने र नपाइने बताए ।  

पोखरामा विहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनमा बोल्दै देउवाले भने, ‘हामीले अदालतको निर्णय मान्ने हो ।’ सर्वाेच्च अदालतले चुनावमा जाउ भनेमा चुनावमा जाने र नजाउ भने नजाने उनले बताए । ‘हामीले अदालतको निर्णयलाई मान्नैपर्छ,’ उनले भने ।  

दिनहुँ सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने उनले बताए । नेकपाका दुवै समुहले दिनहुँजसो भेला र प्रदर्शन गरिरहेको अवस्थामा दुवैतिर कार्यकर्ता देखिएको बताउँदै देउवाले भने, ‘नेकपाका दुवै गुटमा उत्तिकै मान्छे छन् । हामी भने अदालतलाई दवाव दिन्नौ ।’

प्रकाशित: ६ फाल्गुन २०७७ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App