७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसले आन्दोलनका लागि कसैसँग सहकार्य गर्दैन : डा. कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसले कसैसंग पनि सहकार्य नगर्ने बताएका छन् । सडकमा रहेका वा सत्तामा रहेका कुनै पनि पक्षसंग कांग्रेसले सहकार्य नगर्ने भन्दै कोइरालाले कांग्रेस एकल आन्दोलनमा रहेको बताए । ‘संसद विघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसको कोहि कसैसंग सहकार्य हुँदैन,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यसमाथि अँझ कम्यूनिष्ट संग झनै सम्भव छैन ।’ 'कांग्रेस बिचार, सिद्धान्तमा सबै भन्दा शक्तिशाली पार्टी रहेकाले आन्दोलनका लागि कसैसंग सहकार्य गर्न जरुरी नभएको उनले बताए । 

संसद पुनरस्थापनाको सवालमा कांग्रेस एक्लै आन्दोलनमा रहने उनको भनाई छ । ‘कांग्रेस बिचार र सिद्धान्तमा सबै भन्दा बढि शक्तिशाली पार्टी हो,’ उनले भने ‘यसर्थ संविधानलाई ट्रयाकमा ल्याउनका लागि कांग्रेस एक्लै आन्दोलनमा जान्छ ।’ पार्टीभित्र संसद पुनरस्थापनाको वा चुनाव ? भन्ने बिषयमा कांग्रेस भित्र मतभेद नरहेको उनले बताए ।

‘कांग्रेसको केन्द्रीय समितिले आन्दोलनमा जाने निर्णय गरेको हो,’ उनले भने ‘यसमा कुनै द्धिविधा छैन ।’ यसैगरि वैशाखमा चुनाव हुनै नसक्ने दाबी गरेका उनले कांग्रेस चुनावका पछाडी नलाग्ने बताए । पार्टीको महाधिवेशन अहिले कांग्रेसको प्रमुख कार्यभार रहेको भन्दै कोइरालाले पहिला महाधिवेशनबाट आँफूलाई परिमार्जित गरेर बल्ल निर्वाचनमा बलियो शक्ति बनेर प्रस्तुत हुने उनको भनाई छ ।    

यसैगरि पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ओली वा ‘ओली राज’ को जन्म गराएको नेकपाको अर्को समूहसंग कांग्रेसको सहकार्य नहुने बताए । एकापसमा मिलेर संबिधान विपरित कार्य गरेका उनिहरु अहिले बिभाजित भएपनि यो दुबै समूह नेपालका लागि घातक रहेको उनको भनाई छ । 

 

यो पनि पढ्नुहोस्

बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन: महामन्त्री कोइराला

 

प्रकाशित: ४ फाल्गुन २०७७ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App