coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एउटै दाजुभाइ ठानेको दानव भएर निस्किए: नेपाल

सधैं राजतन्त्रको विरोध र लोकतन्त्रको पक्षमा सडक गुन्जाएमान गर्दै आएका जनता प्रतिगमनका विरुद्धमा शसक्त आवाज बुलन्द गर्दै जुरमुराएर उठेको नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। नेकपा धनकुटाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले एउटै दाजुभाइ आफूले देउता ठानेको तर दानव निस्किएको बताए।  

भ्रष्टाचार गर्नेलाई दण्डित गर्नु, रोजगारी नपाएकालाई रोजगारी दिनु, विभिन्न ठाउँमा भएका बलात्कारका दोसिलाई सजाय दिनु दण्ड दिनु र सधैं सकारात्मक काम गर्न आफूले सरकारलाई भनेको तर केपी ओलीले सरकारलाई काम गर्न नदिएको भन्ने गरेको उनले बताए। प्रधानमन्त्री ओली नेतृत्वको सरकारको समयमा १४ हजार चेलिबेटीको बलात्कार भएको उनले बताए।  

यस्तै, पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टीको तर्फबाट जसलाई तीन वर्ष प्रधानमन्त्री बनाइयो उसैले संविधानमाथि घात गरेका, लोकतन्त्रमाथि प्रहार गरेको र जनताका जनमत माथि अपमान गरेको बताए। एकातिर निर्वाचनको घोषणा गर्ने र अर्कौतिर ७७ जिल्लामा नै भूमि आयोग गठन गरेर जनतालाई झुक्याउने काम गरेको उनको भनाइ थियो।

३ वर्षसम्म भूमिहीन सुकुमबासीहरूको सम्बोधन नभएको र निर्वाचन घोषणा गरेपश्चात् सम्बोधन गर्ने नाटक देखाउनु कतिको उपयुक्त छ भन्ने उनको प्रश्न थियो। केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सबै प्रकारका निरंकुशताका विराधमा विद्रोह गर्ने, स्वेच्छाचारीका विरुद्धमा विद्रोह गर्ने क्रान्तीकारी ,परिवर्तनकारी मुक्तिगामी जनताहरू बसोबास गर्ने जिल्ला धनकुटा जिल्ला भएको बताइन्।

प्रकाशित: ३ फाल्गुन २०७७ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App