७ वैशाख २०८१ शुक्रबार
राजनीति

केपी ओलीले सिंगो राष्ट्रलाई संकटमा पुर्‍याए : माधव नेपाल

फाइल तस्बिर

नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो राष्ट्रलाई नै संकटमा पुर्‍याएकोले गर्दा आन्दोलनमार्फत देशलाई सही ट्रयाकमा ल्याउने दाबी गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष समेत रहेका नेपालले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए ।

‘प्रधानमन्त्री केपी ओलीजीले देशलाई संकटमा पु¥याएर श्री ३ महाराजजस्तै बन्न खोजेपनि त्यो युग सकिएको र श्री ५ र श्रीश्रीको युग पनि समाप्त भएर सबै नागरिकको युग शुरु भएर कानुनी सासन सुरु भएकाले गर्दा संविधानभन्दा माथि त ओलीजी होइन,’ नेता नेपालले शनिबार सुनसरीको इटहरीमा २६ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न सुनसरीको इटहरी आइपुगेका बेला सञ्चारकर्मीसँग भने । उनले संविधानलाई ठिक ठाँउमा ल्याउन आन्दोलन नै प्रमुख रहेको समेत वताए ।

‘व्यापक रुपमा जनता परिचालन गर्ने र प्रतिगमनलाई परास्त गर्ने योजनाका साथ सडक आन्दोलन चलिरहेको छ। ठूला ठूला शासकलाई परास्त गर्ने उत्तम उपाय भनेकै सडक आन्दोलन हो,’ नेपालले भने ।  

२६ औं जनयुद्ध दिवसको अवसर पारेर इटहरी वडा नं. १९ भवानीपुरमा रहेको शहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता नेपालले  आमाबाबु गुमाएका परिवारका सन्तानलाई मावि तह सम्म मात्र नभएर उच्च शिक्षा सम्म पनि निःशुल्क पढाइनु पर्ने पनि बताए ।  

दाहाल–नेपाल समुहकी प्रभावशाली युवा नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीले संविधान मिचेर च्यातेर अघि बढ्ने मार्ग अपनाउने प्रयास गरेकोमा आन्दोलनले उनको प्रयास सफल हुन नसकेको वताइन । ‘आफुहरु ओलीको असंवैधानिक कदमका विरुद्धमा संवैधानिक र कानुनी लडाइ लडीरहेका छौं र राजनैतिक लडाइका रुपमा सडकबाट भइरहेको छ,’ उनले भनिन् ।  

कार्यक्रममा नेता वर्षामान पुनले ओली सरकारकै कारण नेकपाले दुई तिहाईको सदुपयोग गर्न नसकेको बताए । सहिदहरुको बलिदानले ल्याएको गणतन्त्रमा ओलीको मनपरी तन्त्र भईरहेको नेकपा नेताहरुको भनाई रहेको थियो ।  

शहीद स्मृति आवासीय विद्यालयमा अहिले ४ ९६ विद्यार्थी छन् । यीमध्ये ३४५ जना विद्यार्थी द्दन्द्द पिडित, अपाङ्ग र सहिदका छोरा–छोरी पढ्ने गरेका छन । विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गरेको छ। 

प्रकाशित: १ फाल्गुन २०७७ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App