नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडलले पार्टी विभाजन नभएको बताएका छन्। शनिबार बुटवलमा आयोजित आमसभामा बोल्दै अर्थमन्त्री समेत रहेका नेता पौडलले विभाजनकारी र जनताको प्रगति नचाहने स्वार्थी तत्व चोइटिएको जिकिर गरे।
‘नेपाल कम्युनिस्ट पार्टी फुटेको छैन। पार्टीबाट केही स्वार्थी तत्वहरु, केही षड्यन्त्रकारी तत्वहरु, केही विभाजनकारी तत्वहरु, नेपाली कम्युस्टि आन्दोलनको अनिष्ट चाहने, नेपाली जनताको प्रगति नचाहने खालका स्वार्थी तत्वहरु चोइटिएका हुन्,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको पक्षमा नेपाली जनता रहेको उनको दाबी छ।
प्रधानमन्त्री ओलीले नेपालको स्भाभिमानलाई उँचो बनाएको उनको भनाई छ।
प्रकाशित: १ फाल्गुन २०७७ ०९:५४ शनिबार