coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लोकतन्त्र, संघीयता र राजतन्त्रबारे ओलीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासमा वाधा नदिएको बताएका छन्। दरबारमार्गमा आयोजना गरिएको सभामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोच्च चेतावनी दिए।

'विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् यहाँ। कहिले केपी ओलीले आजको यो सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए', उनले भने, 'आज विहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले। जो केपी ओली राजतन्त्रकाविरुद्ध लड्यो, लोकतन्त्रका लागि लड्यो, आधाभन्दा बढी समय सामाजिक न्यायका निम्ति लड्यो त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे।'

संघीयता र लोकतन्त्रबारे ओलीको भनाईको सम्पादित अंश :

विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् यहाँ। कहिले केपी ओलीले आजको यो सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए। आज विहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले। जो केपी ओली राजतन्त्रकाविरुद्ध लड्यो, लोकतन्त्रका लागि लड्यो, आधाभन्दा बढी समय सामाजिक न्यायका निम्ति लड्यो त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे।

हामीले लडेर संघीय लोकतान्त्रीक गणतन्त्र ल्याएका छौं। यो संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ। थोरै शब्दमा म भन्न चाहन्छु संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएका छौं, लडेर ल्याएका छौं, बलिदान दिएर ल्याएका छौं। यसको कार्यान्वयन गरिरहेक छौं। यसको कार्यान्वयन गरेर अगाडि जान्छौं। यसले हाम्रो विकासमा वाधा दिएको छैन। हाम्रा स्थानीय निकायहरु कोभिड विरोधी हाम्रो लडाईमा अत्यन्त प्रभावकारी देखिए। म स्थानीय निकायका जनप्रतिनिधिहरुलाई धन्यवाद भन्न चाहन्छु। कोभिडका विरुद्धको लडाईमा नेपाली सेना, नेपाल प्रहरी जसरी लडे, शसस्त्र प्रहरी जसरी लडे, हाम्रा डक्टरहरु जसरी लडे, हाम्रा नर्सहरु जसरी जोखिम लिएर लडे, हाम्रा स्वास्थ्यकर्मीहरु लडे, सफाइकर्मीहरु लडे, एम्वुलेन्स, शव वहानका ड्राइभर र सहयोगिहरु लडे सबलाई म सलाम भन्न चाहन्छु।

 

प्रकाशित: २३ माघ २०७७ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App