८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको प्रश्न : साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? भन्दै प्रचण्ड-माधव समूहलाई प्रश्न गरेका छन्। नारायणहिटी दरबार अगाडि आयोजना गरेको सभामा बोल्दै ओलीले भने, 'त्यो भनेको चिकन चिल्ली खान्छु भनेको हो ?' उनीहरुले नरभक्षी आन्दोलन गर्छु भनेको बताउँदै ओलीले अब नेपालमा हिँसा कसैले मच्चाउन नसक्ने बताए।  

काठमाडौंमा अरुलाई सभा गर्ने ठाउँ सबै ठूलो हुने र आफुहरुलाई सभा गर्ने ठाउँ सानो हुने दाबी गरे। उनले नेकपाको मुल पार्टी आफुहरु नै भएको बताए। 'फेरि पनि मानिसहरु सोध्छन् मुल पार्टी कुन हो ? अलमलमा नपरौं। देख्नु भएन मुल पार्टी कुन हो', उनले भने, 'यो कम्युनिस्ट पार्टीको मात्र होइन देशकै ठूलो पार्टी यही हो।'

देश बनाउने, देशको स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पार्टी भएको उनको भनाई छ।  

किसानका मुला सडकमा फालेर, ट्याक्सी भित्र ड्राइभर जलाउन खोजेर सर्वहाराको नेता हुन नसकिने उनले बताए। दाहाल नेपाल समूहको बन्दको क्रममा ट्यक्सीको क्षतिपूर्ती बीमाले नदिए सरकारले दिने बताउँदै देशमा गरिबलाई हेर्ने सरकार भएको प्रष्टाए।  

सभा विथोल्न नेपाल बन्द गरिएको उनले बताए। 'कतिपय ठाउँमा बम राखेर विप्लव लेखियो। सडकमा खाल्डा खनियो', ओलीले भने, ' ट्याक्सी जलाउनले, खाल्डा खन्ने आफुले गरेका कामको जिम्मा लिन नसक्ने।'  

 

 

प्रकाशित: २३ माघ २०७७ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App