५ वैशाख २०८१ बुधबार
राजनीति

प्रचण्ड प्रवृत्तिसँग कुण्ठामा बाँच्न रुचाउने माधव नेपाल प्रवृत्ति मिसियो : ईश्वर पोखरेल

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डले अरुको मृत्युमा जीवन देख्ने आरोप लगाएका छन्।

राजधानीमा आयोजित सभामा बोल्दै पोखरेलले  कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्तिसँग कुण्ठामा बाँच्न रुचाउने माधव नेपाल प्रवृत्ति मिसिएको बताए।  

केपी ओली नेतृत्वको सरकारले स्थायीत्व, आर्थिक समृद्धि दिन चाहँदा त्यसलाई असफल बनाउने प्रयास भएको बताए। त्यसमा अवरोध भएपछि प्रधानमन्त्रीले जनतामा जाने फैसला गरेको बताए। 'सबै कुराको फैसला गर्ने जनता हुन्, त्यसैले प्रधानमन्त्रीले जनतामा घोषणा गर्नुभएको हो', उनले भने। 0

जनता भन्दा अरु न्यायाधीश हुन सक्दैनन् भन्ने कुरामा प्रधानमन्त्री ओली विश्वस्त भएको बताए। निर्वाचन आयोगलाई दाहाल-नेपाल समूहले निर्वाचनमा नजान भन्दै धम्काएको बताए। 

विहीबार दाहाल-नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको निन्दा गर्दै उनले जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने घोषणा गरे। 'ट्याक्सी चालकलाई क्षतिपूर्ति हामी दिन्छौं। हिजो भएका घटनाको क्षतिपूर्ति हामी दिन्छौं', उनले भने, 'हाम्रो लडाई अराजकताका विरुद्ध हो।' उनले नेकपाको आधिकारीक आफुहरु भएको बताउँदै सूर्य चिन्ह आफ्नो भएको बताए।

 

प्रकाशित: २३ माघ २०७७ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App