coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बन्द गराउँदै मुख्यमन्त्री सडकमा

तस्विर–बन्द गराउदै हिडका मुख्यमन्त्री त्रिलोचन भट्ट तस्विर स्वकिय सचिव शिवसिंह ओलीको फेसवुकवाल वाट ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउँदै  सडकमा उत्रेका छन । प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट  ललितपुरको सातदोवाटो क्षेत्रमा बन्दकर्ताहरुसँग  सडकमा निस्केका हुन्। मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले मुख्यमन्त्री बन्द गराउँदै हिडेको तस्विर समाजिक सन्जाल फेसवुकमा समेत राखेका छन ।  

राजनीतिक रुपमा नेकपा दुई समूहमा बिभाजन भएपछि प्रदेश सरकारका काम कारवाही पनि प्रभावित भएका छन। प्रदेश सरकारका काम कारवाही भन्दा प्रचण्ड माधव समूहले गरेका बिरोध प्रदर्शन, विरोध सभा र बन्दमा मुख्यमन्त्री बढी सक्रिय देखिएका छन। यसैगरि अन्य मन्त्री पनि बिरोधका कार्यक्रममा सहभागी हुने गरेका छन। 

यसैगरि कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्ती बन्द गराउदै हिडेको उचित नभएको बताएका छन । ‘मुख्यमन्त्री जिम्मेवार व्यक्ती हुन, जनताका अभिभावक हुन, शालिन तरिकाले बिरोध गर्न पाइयो तर आफै बन्द गराउदै हिड्नु उपयुक्त होइ्न’उनले भने।

प्रकाशित: २२ माघ २०७७ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App