८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त, उपकुलपतिमा डा.रामकेवल साह

प्रदेश सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पदाधिकारीहरुलाई नियुक्ति गरियो।  

प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डाक्टर राम केवल साह, रजिष्टारमा डाक्टर विनोद यादव र रेक्टरमा डाक्टर अंकुर साहलाई नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

आइतबार मुख्यमन्त्री निवास मधेस भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र प्रदान गरेका छन्।

नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेसको गौरव योजना भन्दै टिप्पणी गरे। 'गौरवको योजनामा पदाधिकारी नियुक्ती सम्भव हुनु भनेको हाम्रोलागि पनि गौरवको विषय हो', उनले भने, 'प्रतिष्ठानका पदाधिकारीलाई अवसर र चुनौती छ। यसै वर्षदेखि एकेडेमिक सेसनहरु संचालन गर्ने सरकारको लक्ष्यलाई पदाधिकारीहरुले पूरा गर्ने विश्वास छ।’ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको प्रतिष्ठा बचाएर अगाडि बढ्ने मुख्यमन्त्री राउतले बताए। प्रतिष्ठानका पदाधिकारीको नियुक्ति हस्तान्तरण कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए। प्रतिष्ठान स्थापनाले प्रदेश २ लाई चिकित्सा विज्ञानको हव को रुपमा स्थापित गराउन मद्त पुग्ने बताए।  

उपकुलपतिमा नियुक्त भएका डा. साहले स्वास्थ्य क्षेत्रमा पिछडिएको प्रदेश २ को स्वास्थ्य अवस्था सुधार्न प्रतिष्ठानले प्राथमिक्तासाथ प्रयास गर्ने बताए। प्रतिष्ठानले दक्ष जनशक्ति मार्फत स्वास्थ्य क्षेत्रमा सुधार गरी जनकपुरलाई शिक्षा र स्वास्थ्य उपचारको केन्द्र बनाउने उनले बताए।

उपकुलपतिमा नियक्त डा.साह वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हु्न्। रेक्टरमा नियुक्त साह रेडियोलोजिस्ट हुन भने रजिष्टारमा नियुक्त डा.यादवसँग शिक्षण अस्पताल महराजगञ्जको परीक्षा प्रमुख भएर काम गरेको अनुभव छ।

 

 

 

 

प्रकाशित: १८ माघ २०७७ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App