८ वैशाख २०८१ शनिबार
राजनीति

मुलुकमा सेटिङको शासन चल्दैन, संविधानको शासन चल्छ : गगन थापा

कांग्रेस युवा नेता गगन थापाले अदालतबाट संसद बिघटन मान्य भए संविधान अमान्य हुने सक्ने खतरातर्फ सचेत गराएका छन् । पार्टी क्षेत्रीय समितिले शनिबार सिन्धुपोल्चको मेलम्चीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै  उनले सचेत गराएका हुन् ।  

संविधानमा व्यवस्थै नभएको संसद विघटन हुन नसक्ने भन्दै उनले भने, ‘मुलुकमा सेटिङको शासन चल्दैन । संविधानको शासन चल्छ ।’ तत्काल चुनाव भए कांग्रेसलाई फाइदा प्राप्त भए पनि मुलुक र संविधानले हार्ने तर्क थापाले गरे ।  

उनको प्रश्न थियो, ‘खेलको मैदान नै नरहे जित्ने कहाँ ?’ संसद विघटनको विपक्षमा अदालतबाट फैसला हुनेमा विश्वास व्यक्त गर्दै उनले मिचिएको संविधानलाई सही ठाउँमा ल्याउनु कांग्रेसको मिसन हुनुपर्ने धारणा राखे । नेता थापाले राष्ट्रपतिले रानी बन्न खोजेर संस्थाको गरिमा आँच पुग्ने काम गरेको आरोपसमेत लगाए ।  

प्रकाशित: १७ माघ २०७७ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App