प्रमुख प्रतिपक्षी दल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले ढुलमुले चरित्र त्यागेर संसद पुनःस्थापनाको पक्षमा बलियो भएर लाग्नुपर्ने अडान दोहोर्याएको का छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले संसद विघटन सम्वन्धि मुद्धा अदालतमा बिचाराधीन रहेकाले त्यसको विरोध गर्न नहुने र संसद विघटनकै निर्णय आए चुनावी तयारीमा जुट्नु पर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेता पौडेलले स्पष्ट शब्दमा आफ्नो अडान दोहो¥याएका हुन् । पार्टी क्षेत्रीय समितिले शनिबार मेलम्चीमा आयोजना गरेको सभामा उनले सभापति देउवातर्फ लक्षित गर्दै भने, ‘अहिले सांसद बन्न हतारिनेभन्दा लोकतन्त्र रहला कि नरहला भनेर चिन्ता गर्ने बेला हो ।’
नेता पौडेलले पार्टीले एकातिर संसद विघटनको बिरोध गर्ने र अर्कोतर्फ पुनःस्थापना नभए पनि ठिकै छ भन्ने ढुलमुले चरित्र त्याग्नुपर्नेमा जोड दिए । ‘पार्टी एकपंक्ती भएर पुनस्थापनाको पक्षमा जुट्नु पर्छ,’ उनले भने । संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई संवैधानिक ‘कु’ को संज्ञा दिँदै उनले अदातले सच्याउने विश्वास व्यक्त गरे ।
पार्टीको मन्तव्य र गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै पौडेलले थपे, ‘मन्तव्यमा अलोकतान्त्रिक कदम नै भन्ने हो । गन्तव्य संसद पुनःस्थापनै हो ।’ कम्युनिष्टले मुलुकलाई विकास र निकास दिन नसकेको उनको आरोप थियो ।
प्रकाशित: १७ माघ २०७७ १३:५० शनिबार